यसको बोट मध्यम अग्लो, सोली आकारको हुन्छ । हाँगाहरु ठूला र अन्तर आँख्लाको दुरी छोटो हुन्छ । यसका सहायक हाँगाहरु धेरै निस्कन्छन् र वृद्धि पनि राम्रो हुन्छ । यसको टुप्पाको मुना हरियो नै हुन्छ । यसका पात सानादेखि मध्यम साइजका हुन्छन् । यसका फल मध्यम साइजको, उत्पादन बढी र स्वाद उच्च गुणस्तरको हुन्छ । यसलाई ८०० देखि १३०० मिटरको उचाइमा लगाउँदा उपयुक्त हुन्छ ।
