भिरालो जग्गामा कफी लगाउँदा माटोमा चिस्यानको मात्रा बढी हुने समस्या आउने सम्भावना कम हुन्छ । तर समतल गरामा कफी लगाउँदा निकासको राम्रो प्रबन्ध नभएमा माटामो चिस्यान बढी भई जरा कुहीएर नबढ्ने तथा मर्ने सम्भावना हुन सक्छ । यो समस्या आउन नदिन कफी लगाउँदा निकासको राम्रो व्यवस्था गर्नु पर्छ ।
