कारण
- नर्सरी देखि ठूला ठूला कफीको बोटमा समेत यो रोग लाग्न सक्छ।
- यो रोग माटोमा हुने फ्युजारीयम (Fusarium) नामक ढुसीद्वारा लाग्दछ ।
- पानी जम्ने र कमसल माटो भएको बगैचामा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । बिरुवाको जरामा घाउचोट आदि लागेमा यो रोगले सजिलै आक्रमण गर्दछ ।
लक्षण
- जरा सुरुमा सुक्दछ र पात ओइलाएर झर्न थाल्दछन् ।
- साना र कलिला हाँगाहरु ओइलाउँदै अन्त्यमा पुरै बोट सुक्दछ ।
- रोगी बोटको जरा काटेर हेरेमा भित्रि भागमा खैरो दाग देखिन्छ ।
व्यवस्थापन
- रोग लागेका बोटहरु उखेलेर नष्ट गर्ने
- बिरुवाको जरा भिज्ने गरी बोर्डोमिक्सचर १% ले उपचार गर्ने वा जैविक ढुसी जन्य रोग नियन्त्रण गर्न ट्राइकोड्रामा लाई पाकेको गाठेमेलसँग मिलाइ प्रयोग गर्ने
- राम्रोसँग पाकेको कम्पोष्ट मल मात्र प्रयोग गर्ने
- छहारीको राम्रो व्यवस्था मिलाउने
- झोलमल प्रयोग गर्न जोड दिने
- माटो जाँच गरी अम्लियपन बढी देखिएमा कृषि चुनले उपचार गर्ने
