कारण
यो रोग प्राय गरी नर्सरी र नयाँ बगैंचामा बढी लाग्दछ । यो रोग Cercospora coffeicola नामक ढसुीबाट लाग्दछ । नर्सरीमा छायाँको व्यवस्था नभई सोझै घाम परेमा यो रोगको प्रकोप बढी हुन्छ ।
लक्षण
- यो रोग लागेको पातको बीच भागमा हल्का खैरा र छेउछाउमा गाढा खैरो रङ्ग भएको धब्बाहरु/थोप्लाहरु देखिन्छन् ।
- पातका थोप्लाका बीचमा रागेका जिवाणकुा बीजहरु (spores) देख्न सकिन्छ ।
- ढुसीको लगातार आक्रमणले पातका थोप्लाहरुको आकार बढ्दै जान्छ र दुई वा दुई भन्दा बढी थोप्लाहरु जोडिएर पात पुरै मर्छ र झर्न सक्छन् । रोगको प्रकोप बढी भएमा ती धब्बाहरुको बीचमा प्वाल पर्दछ ।
व्यवस्थापन
- नर्सरीमा छहारीको व्यवस्था गर्नेे
- नयाँ बगैंचामा माटोको चिस्यान कायम राख्न छापोको व्यवस्था गर्ने
- पुरानो बगैंचा भएको ठाउँमा नर्सरी नराख्ने
- रोगको लक्षण देखिने बित्तिकै १% बोर्डोमिक्सचर बनाई बगैंचामा छहारीको व्यवस्था मिलाउने
- उचित मलखादको व्यवस्था गर्ने
