नर्सरी राख्दा राम्रो व्यवस्थापन नपुगेमा नर्सरीमा विभिन्न रोगहरु लाग्दछन् । खैरो पात थोप्ले, बेर्ना कुहिने, आदि नर्सरीको कलिला बेर्ना/बोटहरुमा लाग्ने प्रमुख रोगहरु हुन् । नर्सरी राख्दा ज्यादै साना प्लाष्टिकका थैला प्रयोग गरेमा, थैला भर्ने सामग्री, रोग लागको ठाउँको प्रयोग भएमा र कम्पोस्ट उचित मात्रामा नभएमा, नसर्रीमा पानी जम्मा हुने स्थिति भएमा तथा उचित छहारीको व्यवस्था नभएमा बेर्ना कुहिने र खैरो पात थोप्ले रोग देखा पर्दछ ।

लक्षण

  1. पात थोप्ले रोग लागेमा पातमा खैरा थोप्लाहरु देखिन्छन ।
  2. थोप्लाको बीच भाग हल्का खैरो र छेउछाउ गाढा रङ्गको हुन्छ ।
  3. थोप्लाहरुको आकार बढ्दै जाँदा दुई वा दुई भन्दा बढि थोप्लाहरु जोडिएर पात पुरै मर्छ र झर्छ ।  
  4. बेर्ना कुहिने रोगमा जरा खैरो हुँदै सड्न थाल्छन्
  5. बेर्नाहरु ओईलाउँदै मर्न थाल्दछन् । 

1

व्यवस्थापन 

  1. ब्याड बनाउँदा र थैलामा मल माटोको मिश्रण भर्दा निर्मलीकरण गरेको माटो र बालुवा तथा पाकेको कम्पोष्ट मात्र प्रयोग गर्ने 
  2. सिंचाईको उचित व्यवस्था मिलाउने 
  3. प्लाष्टिकको थैला राख्दा लाइन मिलाएर हावा खेल्न सक्ने गरी राख्ने 
  4. सर्चको प्रकाश छिर्न सक्ने गरी हल्का छहारीको व्यवस्था गर्ने 
  5. निरोगी बीउ मात्र प्रयोग गर्ने 
  6. बोर्डोमिक्सचर ०.५% ले नर्सरीको उपचार गर्ने