यो रोग Colletotrichum gloeosporioides नामक ढुसीको आक्रामणबाट लाग्छ । यसले पात, हाँगा र फलहरुमा समेत आक्रमण गर्दछ । यो ढुसीको कारणले कफीमा ३ प्रकारका रोगहरु लाग्दछन् ।
क. टुप्पा मर्ने (twig die back)
ख. फल र पात कुहिने(stalk rot of berries and leaves)
ग. पातको खैरो डढुवा (Brown blight of leaves)
टुप्पोबाट हाँगा मर्ने रोग
कारण
यो रागे सुक्खा मासैममा प्राय जसो असोज/कार्तिक देखि वैशाख/जेष्ठसम्म लाग्दछ र फुल खेलेपछिको वर्षा पछि यसको प्रभाव सबभन्दा बढी हुन्छ ।
यो रोग छहारीको कमी भएमा, असिना आदिबाट हाँगामा परेको चोट, रोगको आक्रमण सहन नसक्ने कफीको जात र माटोमा चिस्यानको कमीको कारणले चाँडै फैलिन्छ ।
लक्षण
- पातहरु पँहेलिदै झर्न थाल्दछ ।
- सानो बिरुवा भएमा पुरै बिरुवा मर्दछ भने रोगको शुरु अवस्थामा ठुलो बिरुवाका हाँगाहरु टुप्पाबाट पँहेलिन थाल्छन् ।
- फूल फुल्ने हाँगाहरुमा यो रोग लागेको छ भने फूल फुल्दैन ।
- रोगग्रस्त बोटको मुख्य हाँगा नजिकै प्राथमिक तथा सहायक हाँगाहरुमा नयाँ पालुवाहरु पलाएर बढ्दछन् जस्ले गर्दा बोट झ्याम्म परेको देखिन्छ । रोगी बोटमा पलाएका पातहरु सानो, चाउरिएको हल्का पहेलो र बाक्लो हुन्छ ।
- दुई आख्ला बीचको भाग छोटो हुन्छ वा अन्तर आख्लाको लम्बाई कम हुन्छ ।
- बोटको मर्ने क्रम टुप्पोबाट शरुु भएर बढ्दै जान्छ ।
चित्र: टुप्पोबाट हाँगा मर्ने रोग
पात र फलको भेट्नु कुहिने रोग
कारण
- कम तापक्रम र बढी आद्रता हुने मौसममा यसको प्रकोप बढी हुन्छ ।
- फल वा पातको भेट्नुमा कुनै पनि कारणले चोट पटक लागेमा
- सिमसिमे वर्षाको कारणले धेरै समयसम्म चिसो भएमा ¾ माटोमा बढी चिस्यान भएमा यो रोगको आक्रमण बढी हुन्छ ।
लक्षण
- पात र फलको भेट्नो हाँगामा जोडिएको ठाउँबाट खैरौ दाग भेट्नोको टुप्पातिर बढ्छ र भेट्नो कुहिन्छ ।
- पातहरु विस्तारै पहेलिदै जान्छन र फलहरु कुहिदै झर्न थाल्छन ।
- फलहरु झरी हाँगा रित्ता देखिन्छन् ।
- रोगी फलहरुबाट नजिकका अरु स्वस्थ फलहरुमा सदर्छ र बाँकि फलहरु पनि नछिप्पिदै पाक्न थाल्दछन् र फोस्रो हुन्छन् ।
चित्र: पात र फलको भेट्नु कुहिने रोग
पातको खैरो डढुवा रोग
कारण
- सुख्खा र गर्मी मौसममा यो रोग बढी देखिन्छ ।
- सुर्यको तापले बनेका दागहरु वा पातमा लागेका घाउहरुबाट यो रोगको जिवाणुहरु बिरुवा भित्र प्रवेश गर्दछन् ।
लक्षण
- यो रोग लागेको पातमा डढको जस्तो धब्बा देिखन्छ । धब्बा २५ मि.मि. को व्याससम्मको हुन्छ । एकभन्दा बढी यस्ता धब्बाहरु मिलेमा पात पुरै डढेको जस्तो देखिन्छ । डढेको भाग खैरो हुने भएकोले यसलाई खैरो डढुवा नामाकरण गरिएको हो ।
कोत्रे रोगको व्यवस्थापन
- बगैंचाको काँटछाँट गरि सकेपछि १% प्रतिशतको बोर्डेक्स मिक्सचर बिरुवामा छर्ने
- रोग लागेका बिरुवाका भागहरु काटेर/जलाई दिने/नष्ट गर्ने
- सुर्यको प्रत्यक्ष प्रभावबाट कफीका बाटेलाई बचाउन छहारीको व्यवस्था मिलाउने
- असिंचित बगैंचामा चिस्यान कायम राख्न छापोको व्यवस्था गर्ने
- पर्याप्त मात्रामा मलखाद ,झालेमल आदिको प्रयोग गर्ने
- कफी बगैंचाको झारपात हटाई कम्पोष्ट बनाउन प्रयोग गर्ने
