- एउटै बगैचामा भएका बोटहरूको काँटछाँटको प्रकृति उस्तै नहुन सक्छ । प्रत्येक बोटको आकार वृद्धि क्षमता आदिलाई ध्यानमा राखी काँटछाँट गर्नु पर्दछ ।
- टुप्पाबाट फेद तिर मर्दै आएका हाँगाहरूलाई बढी काँटछाँट गर्नुपर्दछ । यसो गर्दा फल लाग्ने नया हाँगाहरूको विकास हुन्छ ।
- फल लाग्ने हाँगाहरू राम्रोसंँग पलाउने गरेका बोटहरूमा भने हल्का काँटछाँट गरे पनि पुग्छ ।
- कफीको जात अनुसार उचाइ राखी बोटको टुप्पा काट्नु पर्दछ ।
- हावा बढी लाग्ने तथा रूखो जग्गामा लगाएको कफीको उचाइ मलिलो जग्गामा लगाएको कफीको उचाइ भन्दा कमै राख्नुपर्छ ।
- मूल हाँगाको टुप्पा काट्दा मुख्य हाँगाको सबभन्दा माथि रहेको प्राथमिक हागाको पनि टुप्पा काट्नुपर्छ ।
- टुप्पा काटि सकेपछि मूल हाँगामा अन्य चोर हाँगाहरू पलाउन दिनु हुँदैन ।
- सुख्खा र गर्मी ठाउँमा गर्मीको समयमा पलाउने केही हाँगाहरू पलाएपछि मात्र काँटछाँट गर्नु उचित हुन्छ ।
- पानीको मात्रा नपुगेको बोटहरू तथा टुप्पा मर्ने समस्या देखिएका बोटहरूमा काटछाँट गर्दा माटोमा प्रशस्त चिस्यान भएको समयमा मात्र गर्नुपर्दछ ।
- काँटछाँट गर्दा बुढा, भाँचिएका भूइमा लत्रिएका, फल लाग्न छाडेका, रोगी, एक आपसमा जोडिएका, मरेका/सुकेका हाँगाहरू मात्र हटाउनु पर्दछ ।
- काँटछाँटको खास फाइदा लिने हो भने (जेठ–असार) तिर एक पटक हाँगा छाट्ने, चोर हाँगाहरू हटाउने काम गर्नुपर्दछ ।
- फेद काट्दा करौतीको सहायताले ४५ डिग्री छड्के हुने गरी काट्नु पर्दछ ।
- कफीको बोटलाई उपयुक्त आकारको बनाउन र कफीको बोटबाट बढी भन्दा बढी उत्पादन लिनको लागि काँटछाँट र तालिम गर्ने कार्य महत्वपूर्ण कार्य हो । यो एक जटिल प्रक्रिया हो जुन कार्य कफीको जात र लगाइएको स्थान अनुसार फरक -फरक तरिकाले गर्ने गरिन्छ ।
- काटेको भागमा बोर्डो पेष्ट तत्कालै लगाउनु पर्छ ।
