बीउ सकभर जूटको बोरा वा सुती कपडाको थैलामा राखी खुल्ला हावा चल्ने ठाउँमा भण्डारण गर्नुपर्छ । धेरै समय वा ३/४ महिना भन्दा बढी पुरानो बीउ रोप्नु हुँदैन, कफी टिपिसकेपछि बीउको उमार शक्तिमा ह्रास आउन थाल्छ । Germination हुन पनि समय लाग्छ । अर्गानिक उत्पादन को लागी बीउ संरक्षणको लागी रसायनिक विषादी प्रयोग गरिदैन । केही मात्रामा असुरो तितेपातीको पात मिसाएर भण्डारण गर्न सकिन्छ ।
