कफी खेती व्यावसायिक रुपमा गर्दा रेखांकन गरी लगाउनु आवश्यक हुन्छ । रेखांकन गरी लगाएको बगैंचा आकर्षक देखिनुको साथै काम गर्न सजिलो र कम खर्चिलो हुन्छ । बिरूवा लगाउनु भन्दा करिब दुई महिना पहिल्यै रेखांकन गर्नुपर्छ । जग्गाको अवस्था अनुसार रेखांकन वर्गाकार वा त्रिभुजाकार वा गरा–कान्ला तरिकाले गर्न सकिन्छ ।
- वर्गाकार तरिका
- आयातकार तरिका
- त्रिभूज/षट्कोणकार तरिका
- कान्ला/कन्टुर तरिका
- षटकोण प्रणाली (Hexagonal System)
- कुयीनकक्स (Quincux System)
सबै तरिकाबाट रेखांकन गर्नका लागी शुरुमा एउटा सिधा आधार रेखा तान्नु पर्दछ । आधार रेखा बनाउन ३ः४ः५ मिटर वा डोरीबाट बनाउन सकिन्छ । आधार रेखा सिधा छ छैन यकिन गर्न ३ वटा सिधा लठ्ठीहरु गाडनु पर्दछ । कुनै एउटा छेउको किलाबाट हेर्दा बाँकि २ वटा किला सिधा एउटै लाईनमा देखीएमा आधार रेखा सिधा भएको सम्झनु पर्दछ । जुनसुकै तरिकाबाट रेखांकन गरेपनि बिरुवा रोप्न निर्धारण गरीएको ठाउँमा किला गाडन बिर्सनु हुँदैन ।
१. बर्गाकार तरिका
२. आयातकार तरिका
३. त्रिभूज/षट्कोणकार तरिका
४. कान्ला/कन्टुर तरिका
५. षटकोण प्रणाली (Hexagonal System)
६. कुयीनकक्स (Quincux System)
