कारण
यो रोग अल्गीको कारणले लाग्दछ । यो रोग एक ठाउँबाट अर्को ठाउँमा सर्दैन । बाक्लो छहारी भएको ठाउँमा यस्तो समस्या देखिन्छ ।
लक्षण
पातको सतहमा अल्गीका सेता धब्बाहरु विकास भई पातको खाना बनाउने प्रक्रियामा अवरोध पुर्याउँछन् ।
व्यवस्थापन
- बाक्लो छहारी भएमा छहारीको काँटछाँट गरि ५०% छहारीको व्यवस्था मिलाउने ।
- रागेको आक्रमण बढी भएमा ०.५% बोर्ड़ो मिक्सचरले उपचार गर्ने ।
